जेठ २५, रोल्पा । रोल्पाको रोल्पा नगरपालिका–६ कोटगाउँस्थित दार्बोट–माडीचौर सडकखण्डमा अटो दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन् । दार्बोटबाट माडीचौरतर्फ जाँदै गरेको रा १ ह ५४६४ नम्बरको अटोको ब्रेक फेल भई सडकको बायाँतर्फ रहेको भित्तामा ठोक्किएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अटो चालक ३९ वर्षीय कविराम घर्ती मगर, २८ वर्षीया नानकुमारी विक, १६ वर्षीया बिबिका घर्ती, ५ वर्षीय आशिस घर्ती, २४ वर्षीया दिलकुमारी विक, ३७ वर्षीया आशा पुन मगर र ५ वर्षीय एनोज विक घाइते भएका छन् । घाइते सबैको उपचारका लागि रोल्पा अस्पताल रेउघा पठाइएको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।