• २०८३ जेष्ठ २५ गते सोमवार

हङकङले नेपाललाई दियो १८९ रनको लक्ष्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २५, काठमाडौं । हङकङले नेपाललाई १८९ रनको लक्ष्य दिएको छ । एशियन गेम्सको क्रिकेटतर्फको छनौट खेलको फाइनलमा हङकङले नेपाललाई १८९ रनको लक्ष्य दिएको हो । टस हारेर पहिला ब्याटिंग गरेको हङकङले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनाएको हो ।

हङकङका लागि अन्शुमन राठले सर्बाधिक ८० रन बनाए भनेशाहिद वासिफले ५५ र शिव माथुरले २६ रन बनाएका थिए । त्यस्तै नेपाली बलर शेर मल्लले ४ विकेट लिए भने करण केसीले एक र सन्दीप लामिछानेले एक विकेट लिएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस