• २०८३ बैशाख २९ गते मङ्गलवार

राष्ट्रपतिले बोलाएको सर्बदलीय बैठकमा नेपाल र खनाल नजाने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ३, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको सर्वदलीय बैठकमा नेकपा एमालेका दुई वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनाल नजाने भएका छन् ।

नेपाल खनाल सचिवालयका अनुसार भोलि बुधबारदेखि सुरु हुने पार्टीको राष्ट्रिय कार्यकर्ता भेलाको तयारीमा जुट्नुपर्ने भएकोले नेपाल र खनाल दुबै नेता सर्वदलीय बैठकमा नजाने भएका हुन् । राष्ट्रपति भण्डारीले आज अपरान्ह चार बजेका लागि संसद प्रतिनिधित्व गर्ने दलका प्रमुख र पूर्वप्रधानमन्त्रीहरुको बैठक बोलाएकी हुन्।

Sharing

प्रतिक्रिया दिनुहोस