• २०८३ जेष्ठ ७ गते बिहिवार

कांग्रेस मधेस प्रदेशका कोषाध्यक्ष यादवको निधनप्रति दुःख व्यक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
माघ २७, काठमाडौं । नेपाली कांग्रेसले पार्टीका मधेस प्रदेश कार्यसमिति कोषाध्यक्ष एवं हंसपुर नगरपालिकाका नगरप्रमुख प्रदीपकुमार यादवको निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज शोक विज्ञप्ति जारी गरी स्व यादवले नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नुभएको बताउनुभयो । यादवको निधनबाट नेपाली कांग्रेसले एक होनाहार नेतृत्वलाई गुमाएको कांग्रेसले जनाएको छ ।
यादवको निधनप्रति कांग्रेस सभापति गगनकुमार थापाले गहिरो दुःख व्यक्त गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । “पार्टीका नेता यादवको निधनको खबरले मलाई स्तब्ध र दुःखीत बनाएको छ, स्व यादवले पार्टी सङ्गठन निर्माण र लोकतान्त्रिक आन्दोलनमा निर्वाह गर्नुभएको सक्रिय भूमिकाको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु”, शोक भनिएको छ ।
सभापति थापाले स्व यादवको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो व्यक्तिगततर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको छ ।
मधेस प्रदेशका नगरपालिका सङ्घका अध्यक्षसमेत रहनुभएका यादवको उपचारका क्रममा गए राति नर्भिक अस्पतालमा निधन भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस