• २०८३ बैशाख १६ गते बुधवार

करेन्ट लागेर दुई जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३१,काठमाडौँ। करेन्ट लागेर धनुषामा एक र कैलालीमा १ गरी दुई जनाको मृत्यु भएको छ । धनुषाको धनुषाधाम नगरपालिका–७ का २४ वर्षीय धनी यादवको करेन्ट लागेर बुधबार राति मृत्यु भएको हो ।

लेनदेनको विषयमा लिएर सोही ठाउँ बस्ने २६ वर्षीय रामबाबु मण्डललाई कुटपिट गरी धनी र सोही ठाउँ बस्ने २६ वर्षीय रामजीवन यादव भाग्ने क्रममा करेन्ट लागेर धनीको मृत्यु भएको प्रहरीले जनाएको छ । जङगली बँदेलबाट बचाउनका लागि नाङ्गो तारले कम्पाउण्ड घेरी करेन्ट छोडेको तारमा परेर घाइते भएका धनीको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी कैलालीको कैलारी गाउँपालिका–२ का २० वर्षीया रामपती चौधरीको करेन्ट लागेर बुधबार राति मृत्यु भएको छ । आफ्नै घरमा लुगा सुकाउने क्रममा अचानक नाङ्गो तारमा छुँदा करेन्ट लागेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस