• २०८३ जेष्ठ ३१ गते आइतवार

देउडा प्रतियोगिता गरेर नारी दिवस मनाउँदै छायानाथ

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

फागुन २३, मुगु । मुगुजिल्लाको एक मात्र छायानाथ रारा नगरपालिका मुगुले यस वर्षको नारी दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाउन लागेको छ । सदरमुकाम गमगढी बजारमा विभिन्न सास्कृतिक झल्कने गरि स्थानीय देउडा खेल खेलाई दिवस मनाउन लागेको हो । महिलाको सुरक्षा समान र रोजगार , समृद्ध नेपालको आधार भन्ने मुल नारा सहित यस वर्षको अन्तराष्ट्यि महिला दिवस मुगुमा पनि मनाउन लागिएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रि प्रसाद शर्मा वाग्लेका अनुसार नगरपालिका र जिल्लामा सञ्चालित गैरसरकारी संस्था आई.एन.एफ मुगु र जि.एस.एस मुगु लगायत अन्य संध संस्थाको आर्थिक सहयोग तथा जिल्ला समन्वय समति मुगुको समन्वयमा दिवस मनाई देउडा खेल प्रतियोगिता गर्न लागिएको उनले बताए । प्रतियोगितामा नगरपालिका भित्र रहेको १४ वटै वडाहरुले सहभागिता जनाउने छन ।


प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वनासम्मको स्थान ओगट्ने प्रतिस्पर्धीलाई पुरस्कार तथा प्रमाणपत्र दिइने प्रमुख प्रशासकीय अधिकृत वाग्लेले जानकारी दिए ।
संयुक्त राष्ट्रसंघको निर्णयअनुसार सन् १९०९ -१९६६) देखि अन्तर्राष्ट्रिय नारी दिवस मनाउने परम्परा थालनी भएको हो । सन् १९०९ देखि अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थालिए पनि सुरुमा दिवस मनाउने खास दिन तोकिएको थिएन । फरक–फरक वर्षमा फरक–फरक दिनमा मनाउँदै आएकामा सन् १९१४ देखि मात्र हरेक वर्षको अंग्रेजी महिनाको मार्च ८ तारिखमा मनाइने गरी निश्चित मिति तोकिएको हो


संसारका विभिन्न देशले ५० औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइसकेपछि मात्र नेपालमा २०१६ मा प्रधानमन्त्री बिपी कोइरालाको पालादेखि नियमित रूपमा यो दिवस मनाउन थालिएको हो । नारीलाई पुरुषसरह अधिकार र स्वतन्त्रता दिन संयुक्त राष्ट्रसंघबाटै अन्तर्राष्ट्रिय नारी दिवस मनाइन थालेपछि मात्र रुसमा सन् १९१७ मा, बेलायतमा सन् १९१८ मा, अमेरिकामा सन् १९२० मा, फ्रान्समा सन् १९४५ मा, जापानमा सन् १९४६ मा, इरानमा सन् १९६३ मा र स्विट्जरल्यान्डमा सन् १९७१ मा नारीलाई मतदान दिने अधिकार प्राप्त भएको थियो ।

नेपालमा भने प्रजातन्त्र प्राप्तिसँगै २००७ देखि नै प्राप्त भएको हो । भारतले भने त्यहाँको अधिवेशनमा एक प्रस्ताव पारित गरी भारतीय राष्ट्रिय कंग्रेसले नारीलाई मत दिने अधिकार दिन माग गरेकामा त्यसबेला त्यो मागलाई घरेलु समस्या भनी पन्छाइयो । पछि सन् १९२० देखि १९२९को बीचमा विभिन्न प्रस्ताव पारित गर्दै अन्त्यमा नारीलाई मत दिने अधिकार दिइएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस