जेष्ठ १, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा ६८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा ६८ जना सङ्क्रमितको मृत्यु भएको
कोभिड १९ सम्बन्धी दैनिक बिवरणमा मन्त्रालयले उल्लेख गरे बमोजिम काठमाडौंमा चौबीस घण्टामा ४६, ललितपुरमा १४ र भक्तपुरमा आठ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । काठमाडौंमा कोरोना सङ्क्रमणबाट हालसम्म एक हजार १०१, ललितपुरमा २९७ र भक्तपुरमा २१७ जना सङ्क्रमितको मृत्यु भइसकेको छ । देशभरि चौबीस घण्टामा १८७ सङ्क्रमितको मृत्यु भएको छ ।