फाल्गुन ३, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकार तीन वर्ष पुगेको अवसरमा सोमबार आफ्ना उपलब्धिबारे प्रेस ब्रिफिङ गरेका छन्। सरकार गठन भएको तीन वर्ष आज पुरा भएको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले तीन वर्षमा गरेका प्रमुख उपलब्धीहरु सार्वजनिक गरेका हुन् ।
प्रधानमन्त्री ओलीले तीन वर्षको अवधिमा संघीयता र संविधान कार्यान्वयनमा सफलता प्राप्त भएको दावी गरेका छन् । आज सिंहदरवारमा आयोजित कार्यक्रममा आफ्नो नेतृत्वको सरकारको तीन वर्षे अवधि समीक्षा गर्दै उनले संविधान कार्यान्वयनका लागि नीतिगत व्यवस्था, संस्थागत तथा भौतिक संरचनाका कामहरु पूरा भएको बताए । सिंहदरबारमा आयोजित कार्यक्रममाझ उनले आफ्ना उपलब्धिहरू सुनाएका हुन्।
हेर्नुहोस् विस्तृतमा
Final-02.11.2077_PM Press briefings