• २०८३ भाद्र ३ गते बुधवार

मोटरसाइकलले ठक्कर दिँदा एक पैदल यात्रुको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २, काठमाडौँ। काठमाडौँको थानकोट–कलङ्की सडकखण्डको दाउरा डिपो नजिकै भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखालका अनुसार दुर्घटनामा दुई जना घाइते भएका छन् ।

प्रदेश नम्बर ३ ९०२००९ प ८४४८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रु काठमाडौंको तारकेश्वर नगरपालिका–३ का १२ वर्षका अमृत देवकोटाको मृत्यु भएको हो । देवकोटाको ओम समाज अस्पताल ढुङ्गेअड्डामा उपचारका क्रममा मृत्यु भएको थियो । घाइते दुई जनाको त्रिपुरेश्वरस्थित ब्लू क्रस अस्पतालमा उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस