• २०८३ जेष्ठ १६ गते शनिवार

अखिल क्रान्तिकारीले टुंग्यायो केन्द्रीय कमिटी सदस्य (सुचिसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २७, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले १९९ सदस्यीय केन्द्रीय कमिटीमा रहने सदस्यहरु टुंगो लगाएको छ । फ्याक्सन इन्चार्ज हितमान शाक्य, अध्यक्ष पञ्चा सिंह, निवर्तमान अध्यक्ष रञ्जित तामाङ सहितको बैठकले १९९ केन्द्रीय सदस्यहरुको नामावली टुंगो लगाएको हो ।

१९९ केन्द्रीय सदस्यहरुको टुंगो लागेपनि अध्यक्ष बाहेक अन्य २४ सदस्यीय पदाधिकारी भने अझै पनि टुंगो लागेको छैन । गत असोज १४ देखि १८ गतेसम्म चलेको २२ औं राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा पञ्चा सिंह चुनिएकी थिइन् । १९९ सदस्यीय केन्द्रीय कमिटी र २४ सदस्यीय पदाधिकारी गठन गर्ने विधानमा व्यवस्था भए पनि जिम्मेवारी बाँडफाँट गरिएको थिएन् ।

अखिल क्रान्तिकारीकी अध्यक्ष सिंहले सोमबार बिहान सामाजिक सन्जालमा केन्द्रीय कमिटीका सदस्यहरु, प्रदेश पदाधिकारीहरु, केन्द्रीय आयोगका सदस्यहरु र पार्टीको राष्ट्रिय सम्मेलनका लागि केन्द्रीय प्रतिनिधिहरुको सूची सार्वजनिक गरेकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन “हाम्रो महान तथा गौरवशाली संगठन अनेरास्ववियू (क्रान्तिकारी) केन्द्रीय समितिको नया जिम्मेवारी प्राप्त गर्नुहुने केन्द्रीय समिति सदस्यहरु, प्रदेश पदाधिकारीहरु ,केन्द्रीय आयोगका सदस्यहरु र केन्द्रीय प्रतिनिधिहरु सम्पुर्णमा हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु ।”

अखिल क्रान्तिकारी केन्द्रीय कमिटी सदस्यहरु

[pdf-embedder url=”https://khabar24nepal.com/wp-content/uploads/2021/12/akhil-krantikari-CC.pdf” title=”akhil krantikari CC”]

Sharing

प्रतिक्रिया दिनुहोस