• २०८३ बैशाख १६ गते बुधवार

एस्टन भिल्लासँग आर्सनल पराजित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २१, काठमाडौं ।  इङलिश प्रिमियर लिग अन्तर्गत एस्टन भिल्लाले आर्सनलविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा एस्टन भिल्लाले आर्सनललाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

एस्टन भिल्लाको जितमा इन्जुरी समयको ९५औं मिनेटमा यमी बुएनडियाले निर्णायक गोल गरेका थिए । यस अघि एस्टन भिल्लाका लागि माटी क्यासले खेलको ३६औं मिनेटमा शुरुआती गोल गरेका थिए भने आर्सनलका लागि लीन्द्रो ट्रोसार्डले बराबरी गोल गरेका थिए । यस जितपछि एस्टन भिल्ल्ला लिगमा तेस्रो स्थानमा उक्लिएको छ । एस्टन भिल्लाको १५ खेलमा ३० अंक भएको छ ।

त्यस्तै यो हारले आर्सनललाई भने धक्का लागेको छ । लिगको शिर्ष स्थानमा रहेको आर्सनलको १५ खेलमा ३३ अंक रहेको छ र दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी भन्दा २ अंकले मात्र अगाडी रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस