• २०८३ बैशाख ४ गते शुक्रवार

डडेल्धुरामा बस दुर्घटना, १० घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १४, डडेल्धुरा । दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको बस यहाँको आलिताल गाउँपालिका–१ घण्टेश्वर मन्दिर नजिक दुर्घटना हुँदा १० जना घाइते भएका छन् । ना८ख ६१३२ नंको बस सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । बसमा ३२ यात्रु सवार रहेको बताइएको छ ।

घाइतेलाई उपचारका लागि धनगढी ल्याइँदैछ । घाइते हुनेमा बैतडी, डिलाशैनी गाउँपालिका–६ का ४५ वर्षीय किर्मा ओड, ५० वर्षीय रम्चि ओड, दोगडाकेदार गाउँपालिका–८ का ३२ वर्षीय मानसिंह कार्की, दोगडाकेदार–६ का ३० वर्षीय देवदत्त जोशी, ३५ वर्षीय प्रकाश विष्ट र केशवदत्त जोशी र पुर्चौँडी नगरपालिका–१० का ३० वर्षीय चन्द्रबहादुर विष्ट रहेका प्रहरीले जनाएको छ ।घटनाको विस्तृत विवरणका साथै घाइते अन्य तीन जनाको विवरण आउन बाँकी रहेकोे प्रहरीले जनाएको छ ।
पोखरेली कवि रमेश श्रेष्ठ, पोखरा महानगर प्राज्ञ सरस्वती श्रेष्ठ सरु र मञ्चका सल्लाहकार तथा साहित्यकार दीपक समिपले सरुभक्तले मुक्तक र साहित्यिक क्षेत्रमा पु¥याउँदै आउनुभएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको बताउनुभयो । मुक्तक मञ्चका अध्यक्ष रामजीप्रसाद आचार्यको सभापतित्वमा भएको कार्यक्रममा वसन्त गौतम, ईश्वरमणि अधिकारी, भूमिराज बस्ताकोटी, दीपक समिप, रुपिन्द्र प्रभावी, शीतल गिरी, कपिल शर्मा, गीता तिवारी, अम्बिका भण्डारी, कृष्ण सुवेदी, सरोज पौडेल, अमृता पोखरेल, शङ्कर ज्ञवालीलगायतले मुक्तक वाचन गर्नुभएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस