• २०८३ बैशाख १६ गते बुधवार

उपचारका लागि प्रचण्ड अस्पतालमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २७, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियमित स्वास्थ्योपचारका लागि भैँसेपाटीस्थित मेडिसिटी अस्पताल जानुभएको छ । उहाँका स्वकीय सचिव रमेश मल्लले दौडधुपका कारण रक्तचाप बढेकाले उपचारका लागि मेडिसिटी जानुभएको जानकारी दिनुभयो ।

“डोल्पा र भोजपुरमा केही कार्यक्रममा सहभागी भएपछि उहाँको स्वास्थ्यमा सामान्य समस्या आयो”, उहाँले भन्नुभयो, “त्यही भएर नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल जानुभएको हो ।” स्वकीय सचिव मल्लका अनुसार प्रचण्ड उपचारपछि आजै साँझ नै घर फर्कनुहुने बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस