• २०८३ बैशाख ४ गते शुक्रवार

जोकोभिचलाई हराउँदै मेडभेडेभले जिते यूएस ओपनको उपाधि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २८, काठमाडौं ।  यूएस ओपन टेनिसको उपाधि रुसका डानिल मेडभेडेभले जितेका छन्। उनले फाइनलमा नोभाक जोकोभिचलाई एकपक्षीय रूपमा हराए।

दोस्रो वरीयताका २५ वर्षीय मेडभेडेभले यसअघि खेलेका दुई ग्रान्ड स्लाम फाइनल गुमाएका थिए। तर यसपल्ट उनी नम्बर १ खेलाडी जोकोभिचमाथि ६–४, ६–६ र ६–४ ले सजिलै विजयी रहे।

जोकोभिचले यसअघि अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन र विम्बल्डन जितेका थिए। सर्बियाली ३४ वर्षीय खेलाडी कीर्तिमानी २१ औं ग्रान्डस्लाम जित्ने अभियानमा पनि थिए।

महिला एकलको उपाधि भने बेलायतकी १८ वर्षीया इमा राडुकानुले जितेर इतिहास रचेकी छिन् ।  आइतबार बिहान महिलातर्फको फाइनलमा राडुकानुले क्यानाडाकी किशोरी लेयला फर्नान्डेजलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका हुन्।

उनले ४० वर्षपछि बेलायतलाई ग्रान्डस्लाम इतिहासमा पहिलोपटक महिला एकल उपाधि दिलाएकी हुन्। ऐतिहासिक उपाधि दिलाएकी राडुकानुलाई बेलायती महारानीले बधाई दिएकी छिन् ।

Sharing

प्रतिक्रिया दिनुहोस