असार १७, दाङ । १५ वर्षीया बालिकालई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-४ भखारे बस्ने ३५ वर्षीय बामदेव विकलाई प्रहरीले पक्राउ गरेको छ ।

विकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यलाय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।