• २०८१ बैशाख १९ गते बुधवार

प्रदेश १ : सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ ३०, मोरङ । सरकारले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । नेकपा एमालेको एकल बहुमत रहेको प्रदेशसभामा विपक्षी दल जनता समाजवादी पार्टीसमेतको समर्थनमा सरकारको नीति तथा कार्यक्रम पारित भएको हो ।

नीति तथा कार्यक्रम माथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मुख्यमन्त्री राईले किराँतहरुको आस्थाको रुपमा रहेको सप्तकोशी नदीमा रहेको खुवालुङको संरक्षण गरिने दोहो¥याउनुभयो । उहाँले खुवालुङ ढुंगा मात्र नभएर किराँतहरुको आस्था भएकोले त्यसलाई संरक्षण गर्नुपरेको भन्दै भन्नुभयो ‘त्यो ढुङ्गामात्र थियो भने जलयातायातका लागि फुटाउनै पर्नेथियो तर त्यो ढुङ्गामात्र होइन रहेछ, त्यसैले सरकारले त्यसको संरक्षण गर्ने कुरा ल्याएको हो ।’ उहाँले संघीय सरकारले पानी जहाज कार्यालयमा बजेट पठाएर खुवालुंगलाई संरक्षण गर्दै नदीको वहावलाई व्यवस्थित गर्न च्यानलाइज गर्ने काम थालेको जानकारी दिनुभयो ।

विपक्षीहरुले तीन वर्षको अवधिमा उल्लेखनीय काम भएन भन्दै सरकारको आलोचना गरेको जवाफमा मुख्यमन्त्री राईले धेरै राम्रा र महत्वपूर्ण काम भएको तर देख्न सक्नु पर्ने बताउनुभयो । उहाँले आलोचना र विरोध मात्र गर्दा भएका काम नदेखिने टिप्पणी गर्नुभयो । आगामी वर्षको बजेटमा प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई निरन्तरता दिने मुख्यमन्त्री राईले बताउनुभयो । उहाँले ब्याण्ड भर्सेस ब्राण्डको अभियानको आलोचना भएको भन्दै प्रतिरक्षा गर्नुभयो । उहाँले हाम्रा घरेलु उत्पादनहरुको ब्राण्डिग गर्ने काम सुरु गर्न ढिलाइ गर्न नहुने भनाइ राख्नुभयो । मुख्यमन्त्री राईले जनताको सुरक्षाका लागि कोरोनाविरुद्धको खोप आफैंले किनेर ल्याउने विषय कति सम्भव छ ? भन्दै त्यसका लागि प्रयत्न गर्ने र सम्भव भए अरु धेरै कार्यक्रम रोकेर भए पनि खोप ल्याएर जनताको जीवन रक्षाका लागि पहल गर्ने बताउनुभयो । उहाँले मेची अस्पताल, धनकुटा अस्पताल लगायतमा अक्सिजन प्लान्टहरु स्थापना गर्ने गरी पूर्वाधारमा सरकारले बजेटको व्यवस्था गर्ने पनि बताउनुभयो ।

मुख्यमन्त्री राईले कोशी कोभिड अस्पताललाई कोभिड सकिएपछि प्रदेशस्तरीय प्रसूति तथा महिला रोग उपचार केन्द्रको रुपमा रुपान्तरण गर्ने निर्णय सरकारले गरेको जानकारी दिनुभयो । उहाँले आगामी वर्षको बजेट मार्फत ग्रामीण महिला स्वास्थ्य स्वयंसेवकहरुको गम्भीर प्रकृतिका रोगहरुको उपचारका लागि ५ लाखसम्मको सुविधा सरकारले उपलब्ध गराउने गरी छलफल भइरहेको जानकारी दिनुभयो । उहाँले पर्यावरण संरक्षण र फलफूल उत्पादनमा योगदान दिन प्रत्येक पालिकामा २०७८ वटाका दरले फलफूलका बिरुवा रोप्ने कार्यक्रम चालु वर्ष समावेश गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस