• २०८३ बैशाख ४ गते शुक्रवार

कर्तव्य ज्यान मुद्दाका फरार १८ वर्षपछी पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

चैत ३१, बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्की आएदेखि फरार रहेका अपराधीहरुको खोजकार्यलाई निरन्तर दिदै अभियान चलाए यसै क्रममा कर्तव्य ज्यान मुद्दाका फरार १८ वर्षपछी पक्राउ परेका छन् । २०६० कात्तिक १० गते कृपाराम खटिक लगायत अन्यले बर्दिया बढैयाताल गाउँपालिका वडा -३ बस्ने जित बहादुर गोदार क्षेत्रीलाई बन्चरोले प्रहार गरी मारेको कर्तव्य ज्यान मुद्दामा तत्काल ९ जनालाई पक्राउ गरी अनुसन्धान भएको थियो ।

उनी बञ्चरो प्रहार गरी हत्या पश्चात तत्कालै भारत तर्फ भागेको आरोप थियो । ९ बर्ष सम्म भारतका रुपैडिया, नानपारा लगायतका ठाँउहरुमा मजदुरी गरी बसेको र भारतको रुपैडिया मोहनपुरमा घर बनाई स्थायी रुपमा परिवार सहित बसोबास गरेको रहस्य खुलेको थियाे । उनले त्यहाँ धानको मिल, कृषि तथा भैसी पालन व्यवसाय गरी बसेको बर्दिया जिल्ला प्रहरी प्रमुख एसपी कार्कीले जानकारी दिनुभएको छ ।

बर्दिया जिल्ला अदालतको मिति २०६८ जेठ १० गतेको आदेशले जनही २० बर्ष कैद सजाय तोकिई जिल्ला कारागार कार्यालय बर्दियामा कैद सजाय बिताईरहेको र सो मुद्दाका मुख्य कसुरदार कृपाराम खटिक फरार थिए । उनलाई  चैत ३० गते बर्दियाबाट खटिएको प्रहरी टोलीले जिल्ला बर्दिया बढैयाताल गाउँपालिका वडा -३ बाट पक्राउ गरी बर्दिया जिल्ला अदालत गुलरियामा उपस्थित गराईएको र अदालतबाट जिल्ला कारागार कार्यालय बर्दियामा चलान गराउन आदेश भएको हो एसपी कार्कीले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस