मंसिर २६, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशमा उम्मेदवारी फिर्ता लिने क्रम जारी छ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार अहिलेसम्म पदाधिकारीका उम्मेदवार २ जना र केन्द्रीय सदस्यका उम्मेदवार ५८ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
उम्मेदवारी फिर्ता लिने समय बढाएर दिउँसो १ बजेसम्म पुर्याइएको छ । त्यसपछि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिने छ।