• २०८३ जेष्ठ १९ गते मङ्गलवार

राष्ट्रपति भण्डारीको कदमलाई नेता भट्टराईद्वारा स्वागत

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १८, काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको खोप ल्याउन देखाएको सक्रियतालाई एमाले नेता योगेश भट्टराईले सकारात्मक कदमको रुपमा लिनुभएकोछ । राष्ट्रपति भण्डारीले अमेरिका, चीन, भारत, बंगलादेश, रुसलगायतका सरकारलाई पत्र लेख्दै कोरोनाविरुद्धको खोप उपलब्ध गराइदिन आग्रह गर्नुभएको थियो । जसको परिणाम स्वरुप चीन सरकारले १० लाख डोज खोप उलब्ध गराएको छ ।

आज सो खोप नेपाल आइपुग्ने भएको छ । नेता भट्टराईले ट्वीटरमार्फत राष्ट्रपतिको कदमलाई अन्यथा मान्न नहुने बताउनुभयो । सामाजिक सद्भाव, राष्ट्रिय एकता र जनचासोका विषयमा राष्ट्रपतिको अग्रसरताले सार्थक परिणाम आउँछ भने त्यसलाई अन्यथा मान्नुन नहुने उहाँको तर्क छ ।

उहाँले भन्नुभएको छ, ‘राजनीतिक विषयमा राष्ट्रपतिको अधिकार र सक्रियतालाई संविधानले नै सीमाबद्ध गरिदिएको छ । सामाजिक सद्भाव, राष्ट्रिय एकता र जनचासोका विषयमा राष्ट्रपतिको अग्रसरताले सार्थक परिणाम आउँछ भने त्यसलाई अन्यथा मान्नु हुन्न ।

Sharing

प्रतिक्रिया दिनुहोस