• २०८३ असार ९ गते मङ्गलवार

सरकारको लगानी र जनताको सेयरमा नौमुरे बन्छ : रायमाझी

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

चैत्र ३०, प्युठान। उर्जा, जलश्राेत तथा सिंचाई मन्त्री टोपबहादुर रायमाझीले अर्घाखाँची र प्यूठानको सिमानामा पर्ने २८१.४ मेगावाट विद्युत क्षमता भएको नौमुरे वहुउद्देश्यीय परियोजनाको काम सुरु गर्ने बताउनु भएको छ । नेपाल सरकारको लगानी र जनताको सेयरमा निर्माणको कार्य अगाडि बढाईने उहाले धारणा राख्नु भयो ।

आइतवार अर्घाखाँचीको शितगंगा – ७ तामातालमा नौमुरे जलविद्युत आयोजनाको कार्यालय उद्घाटन गर्नुहुँदै रायमाझिले नौमुरे परियोजना अघि बढेको उद्वघोष गर्नुभयो । ‘नौमुरे अघि बढ्छ, अब कसैले रोक्न सक्दैन।’ उहाले भन्नुभयो।

देशकै समृद्धिको आधार भएकाले सरकारले नौमुरेलाई प्राथमिकतामा राखेको उहाको भनाई छ । यो योजना सम्पन्न भए धेरैलाई रोजगारी मिल्ने र देशले एक बर्षमा १३ अर्व रुपियाँ आम्दानी गर्न सक्ने पनि रायमाझिको दावी छ।

उहाँले नौमुरे जलासययुक्त आयोजना भएकाले यसबाट विद्युत् उत्पादनका साथै कृषि, पर्यटन र सिचाईमा उल्लेख्य उपलब्धि हासिल गर्न सकिने उल्लेख गर्नुभयो। परियोजनाका ईन्जिनियर शंकर प्रसाद साउदले नौमुरेको डिपीआर अन्तिम चरणमा पुगेसंगै निर्माणको प्रारम्भिक काम अघि बढाउन कार्यालय स्थापना गरिएको जानकारी दिनुभयो।

बिद्युत बिकास बिभागले हालै गरेको संभाव्यता अद्यन प्रतिबेदन अनुसार कम्तीमा छ वर्षभित्र निर्माण सम्पन्न गर्न सकिने भनिएको यो आयोजनाको लागत एक खर्ब छ अर्ब रुपियाँ अनुमान गरिएको छ । नौमुरेको सर्वेक्षण अध्ययन २०४४ मै भएको थियो। नौमुरे पटक पटक चर्चामा आएपनी कामले गति लिन सकेको थिएन। यहाँ कार्यालय स्थापना भएसंगै नौमुरे बन्नेमा स्थानीय उत्साहित भएका छन।

Sharing

प्रतिक्रिया दिनुहोस