• २०८३ जेष्ठ २९ गते शुक्रवार

कपिलवस्तु प्रहरीको सर्हानीय कार्य २४ घण्टा नबित्दै ८१ जना फरार अपराधी पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन, २७ कपिलवस्तु । कपिलवस्तु प्रहरीले मंगलबार लागुऔषध, लुटपिट, कुटपिट, चेक अनादर, सवारी ज्यान, जुवा जस्ता कसुरमा संलग्न भई कपिलवस्तु जिल्ला अदालतले गरेको फैसलामा कसुरदार ठहरिएका जिल्ला भरी विभिन्न अपराधमा संलग्न भई फरार रहेका ८१ जना फरार अपराधीहरुलाई २४ घण्टाभित्रमा पक्राउ गरेको छ ।

Fugitive Arrest Program (FAP) ‘फ्याप’ नामक कार्यक्रम अन्तर्गत सूचना संकलन गरी एकै दिनमा पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुसँगै जिल्लाका विभिन्न इलाका प्रहरी कार्यालय क्रमशः कृष्णनगर, गणेशपुर, चन्द्रौटा, पिपरा, गोरुसिङगे, पकडीले सबैभन्दा धेरै फरार अपराधी पक्राउ गरेका छन ।

यसरी पक्राउ गरिएका फरार प्रतिवादिहरुलाई फैसला बमोजिमको सजाय भुक्तानको लागि जिल्ला अदालत कपिलवस्तुमा उपस्थित गराईएको छ । विशेष गरी सवारी ज्यान, लागुऔषध, जालसाजी, जुवा, चेक अनादर, अंगभंग, वनपैदवार, लुटपिट, कुटपिट आदि गरि १२ वटा विभिन्न कसुरमा संलग्न भई अदालतको फैसला पश्चात् फरार रहेका ८१ जना अपराधीलाई विशेष सूचनाको विकास गरी सोही आधारमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस