• २०८३ बैशाख २७ गते आइतवार

अनुचित अडानमा कोहीसँग सम्झौता गर्दिन : प्रधानमन्त्री

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुचित अडानमा कसैसँग सम्झौता नगर्ने बताउनुभएको छ । विश्वासको मत लिन आज संसदमा सम्बोधन गर्दै उहाँले त्यस्तो बताउनुभएको हो ।

उहाँले आफुमाथि विश्वास नगर्नुपर्ने कुनै कारण नभएको बताउनुहुँदै वर्तमान राजनीतिका अवस्थाका कारण ममाथि विश्वास छ भन्ने देखाउन मत मागेको बताउनुभयो ।

अहिले नेपाल विश्वमाझ सुनिन, देखिन र सुन्नुपर्ने अवस्थामा पुगेको बताउँनुहुँदै राष्ट्रियताको सवालमा यति उपलब्धी हासिल गरेको सरकारलाई विश्वास नगर्नुपर्ने कुनै कारण नभएको बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस