बैशाख २४, काठमाडौं । आज सुनको मुल्य तोलामा एक हजार सात सय रुपैयाँले बढेको छ । सुनको मुल्य एक हजार सात सय रुपैयाँले बढेर ताेलाकाे एक लाख ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको मुल्य एकैदिन तोलामा पाँच हजार तीन सय रुपैयाँले बढेर एक लाख ८९ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मुल्य भने स्थिर रहेको छ । चाँदीको मुल्य आज हिजोजस्तै ताेलाकाे एक हजार नौ सय ६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।