• २०८३ जेष्ठ २ गते शनिवार

बाँके प्रहरीले रेडपाण्डाको छालासहित ४ जना पक्राउ

महेन्द्र सिंह पढ्न लाग्ने समय : १ मिनेट

चैत २८, बाँके । कोहलपुर नगरपालिका-११ बसपार्कस्थित लालिगुराँस होटलबाट २ वटा संरक्षित वन्यजन्तु रेडपाण्डाको छालासहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा रोल्पा सुनछहरी गाउँपालिका-१ का ४५ वर्षीय धन बहादुर रोका मगर, १९ वर्षीय दिपेश रोका मगर, १९ वर्षीय विष्णु रोका मगर र ३० वर्षीय खिमान सिंह रोका मगर रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उक्त होटलको ७ नम्बरको कोठा तलासी गर्ने क्रममा उनीहरुलाई उक्त छालासहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस