• २०८३ बैशाख १० गते बिहिवार

देवदह उद्योग बाणिज्य संघको छैठौं साधारण सभा सम्पन्न

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

चैत २८, नवलपरासी । देवदह उद्योग बाणिज्य संघको छैठौं साधारण सभा सम्पन्न भएको छ । संघका अध्यक्ष गोपाल प्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सभापति अब्दुल रज्जाकले राजनितिक अस्थिरताका कारण देशको आर्थिक अवस्था कम्जोर भैरहेको बताउनु भएको थियो ।

 

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका रज्जाकले देवदहको विकासको लागि सदैव अग्रपंक्तिमा रहरे काम गर्ने बताउनु भएको थियो । सोही कार्यक्रममा शारिरीकरुपमा अपाङ्घता भएका अशक्त ब्याक्तीहरुलाई १० थान ब्हीलचेयर वितरण गरिएको थियो । कार्यक्रममा उद्योग ब्यापार संघ देवदहका अध्यक्ष कोष बहादुर गुरुङ्घले तीनै तहका सरकार ब्यावसायीको हकहितमा काम नगरेको र कर बढाउन मात्र अग्रसर रहेको प्रति दुख ब्यक्त गर्नु भएको थियो । सााधारण सभाको अवसरमा भएको रक्तदान कार्यक्रममा भएको थियो । नेपाल रेडक्रस सोसाईटी रुपन्देही शाखाका सभापति प्रेमलाल उदासले रक्तदातालाई व्लड व्याग हस्तान्तरण गरी उद्घाटन गर्नु भएको थियो ।

रक्तदान कार्यक्रममा सय पिन्ट रगत संकलन भएको रक्त संचार केन्द्र बुटवलका ल्याव टेक्नीसियन वारिस खाँले जानकारी दिनु भयो । साधारण सभामा देवदह नगरपालिका वडा नं।६ का वडा अध्यक्ष दामोदर क्षेत्री, नेपाली काँग्रेस नगर सभापति गुणाखर भुर्तेल, नेकपा एमाले सचिव मनकुमार कनौजे, कोमल प्रसाद पाण्डे लगायतले मन्तब्य राख्नु भएको थियो । संस्थाका उपाध्यक्ष प्रमोद खनालको स्वागत तथा महासचिव हरी भण्डारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस