• २०८३ असार ९ गते मङ्गलवार

बाँकेको आगलागि परिवारलाई गायक दुर्गेश थापाले गरे सहयोग

महेन्द्र सिंह पढ्न लाग्ने समय : १ मिनेट

फागुन २७,  बाके । नरैनापुर वडा न.१ स्थित सुईमा गाउमा केहि दिन अगाडि भिष्ण आगलागि भएको थियो । उक्त आगलागि बाट २५ घर नष्ट भएका थिए भनेे सयौ घरपरिवार घर बिहिन भएका थिए।

उक्त आगजनि पिडितहरुदरलाई नेपालका चर्चित गायक दुर्गेस थापाले बुधबार उक्त ठाउमै पुगेर सहयोग गरेका छन ।आफै त्यस ठाउमा पुगेर आर्थिक सगसगै खाध्यान पनि सहयोग गरेका छन ।अछामबाट आउदै गर्दा उक्त घटनाको बारेमा थाहा पाएपछि थापा आफ्नो सबै पारिश्रमिक लिएर उक्त घटना स्थलमा पुगेका थिए भने चर्चित गाएक सम्राट चौलागाईंले पनि सहयोग गरेका थिए ।

आफुहरु दुबैले सक्दो सहयोग गर्न पाउँदा निकै खुसि लागेकोो थापाले बताए। दुर्गेशले यो भन्दा केही महिना अगाडि पनि बाग्लुङमा सहयोग गरेका थिए । साथै लकडाउनमा पनि थापाले विभिन्न ठाउमा पुगेर सहयोग गरेका थिए। गितबाटै करोडौंको मन जितेका थापा समाजसेवामा पनि निकै मनकारी र अगाडि बढिरहेका पत्रकार तेज वलीले जानकारी दिएका छन ।

Sharing

प्रतिक्रिया दिनुहोस