फागुन २६, बाँके। नेपालगञ्ज उपमहानगरपालिका-१ विशालनगर चोक नजिकबाट कटुवा पेस्तोलसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आज बिहान गस्ती टोलीले गरेको चेकजाँचको क्रममा वडा नम्बर १ पिपल चौताराका २७ वर्षीय प्रेमकुमार बहिलिया र बर्दिया राजापुर नगरपालिका-१० का २४ वर्षीय कृष्णा चौधरीलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।