मंसिर १६, बाँके । नेपालगञ्जमा एक जनाको बेवारीसे अवस्थामा शव फेला परेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१० स्थित बाँके जिल्ला प्रशासन कार्यालयको अगाडी अन्दाजि ६०-६१ वर्षिय एक पुरुष मृत अवस्थामा फेला परेका छन ।
उक्त पुरुषको पहिचान नखुलेको प्रहरीले जनाएको छ । भने शव भेरी अस्पताल नेपालगंजको शव गृहमा राखिएको छ ।