• २०८३ बैशाख ३ गते बिहिवार

सिकार खेल्ने क्रममा बन्दुक पड्किदा एकजनाको मृत्यु

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

माघ २८, दाङ । गढवा गाउँपालिका–२, तिरतिरे डाँडास्थित जंगलमा सिकार खेल्ने क्रममा सोही ठाउँ बस्ने २८ वर्षीय सूर्यबहादुर रानाले बोकेको भरुवा बन्दुक पड्किदा उहाँकै दाइ ४० वर्षीय इन्द्रबहादुर रानाको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीचौकी गोबडिया र इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले सूर्यबहादुरलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेकोे छ ।

Sharing

प्रतिक्रिया दिनुहोस