• २०८३ बैशाख २० गते आइतवार

बलिउड नायक रणवीर कपुरलाई कोरोना पोजिटिभ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २५, नयाँदिल्ली। बलिउड नायक रणवीर कपुरलाई कोरोना पोजिटिभ देखिएको छ । उनलाई कोरोना पोजिटिभ देखिएको र उनी क्वारेन्टाइनमा रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । रणवीरका अंकल रणधीर कपुरले रणवीर विरामी भएको बताएका छन् । केही हप्ता अगाडि मात्र रणवीरकी आमा नीतु कपुरलाई पनि कोरोना पोजिटिभ भएको थियो ।

भारतको महाराष्ट्र सरकारले कोभिडका विरामीको संख्या बढ्न थालेकोले सचेतना अपनाउन आग्रह गरिरहेको छ । भारतमा केही महिना लकडाउन भएको थियो । पछिल्लो केही महिनादेखि भने भारतका सबै क्षेत्र खुलेका छन् । रणवीरको हातमा ठूला बजेटका चलचित्र छन् । उनको पाइपलाइनमा ‘शम्शेरा, ब्रम्हास्त्र, लभ रञ्जनको नयाँ चलचित्र र एनिमल’ छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस