• २०८३ बैशाख २२ गते मङ्गलवार

निर्वाचन आयोगमा प्रधानमन्त्री ओली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २७, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगको कार्यालय पुगेका छन् । प्रधानमन्त्री ओलीले आयोगमा पुगेर आफूहरु नै आधिकारिक नेकपा भएको दाबी गर्ने बताइएको छ ।

साथै उनले आगामी मध्यावधि निर्वाचनको तयारीबारे जानकारीसमेत लिने बताइएको छ । आयोगमा महासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङलगायतका नेताहरु प्रधानमन्त्री ओलीभन्दा केही समय अगाडि आयोगमा पुगिसकेका छन ।

यही माघ १६ गते आयोगले नेकपा विवाद र निर्वाचनको तयारीका विषयमा छलफल गर्न नेकपाका दुवै पक्षलाई बोलाएको थियो । प्रचण्ड(माधव नेपाल पक्ष आयोगको कार्यालय पुगेर आधिकारिकता दाबी गरिसके पनि प्रधानमन्त्रीसमेत रहेका ओली भने गएका थिएनन् ।

Sharing

प्रतिक्रिया दिनुहोस