बैशाख २८, काठमाडौँ । चीनको बेइजिङबाट ४ सय अक्सिजन सिलिन्डर नेपाल आइपुगेको छ । चीनबाट नेपाल एयरलाइन्सको जहाजमा ४ सय सिलिन्डर, १६० वटा अक्सिजन कसन्र्नटेटर, १० थान भेन्टिलेटर गरि करिव ३० टन नेपाल ल्याएको हो ।

यो उडानमा चार पाइलटसहित चालक दलका १४ सदस्य सहभागी थिए । चीनले अनुदानमा दिएका २० हजार अक्सिजन सिलिन्डरमध्ये ४ सय आज आएको हो । यो उडानमा चार पाइलटसहित चालक दलका १४ सदस्य सहभागी थिए । यी सामान आएसँगै थप सामान लिन नेपाल एयरलाइन्सको जहाज तयारी हालतमा रहने समेत उनले जानकारी गराएका छन् ।