जेठ १६, काठमाडौं । नेपाल महिला क्रिकेटतर्फ एशियन गेम्स क्वालिफायर्सको सेमिफाइनलमा मलेसियासँग पराजित भएको छ । शनिबार भएको सेमिफाइनलमा नेपाल मलेसियासँग २ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १२७ रनको लक्ष्य पछाएको मलेसियाले १८.४ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि नेपालले २० ओभरमा ६ विकेट गुमाएर १२६ रन बनाएको थियो ।
यो जितपछि फाइनलमा पुगेको मलेसिया महिला क्रिकेटतर्फ एशियन गेम्समा छनौट भएको छ । त्यस्तै नेपाल भने पराजित भएपछि अब तेस्रो स्थानका लागि चीनसँग खेल्ने छ । अब तेस्रो स्थानको खेल आइतबार हुने छ । त्यसैगरी फाइनलमा मलेसिया र थाइल्याण्ड आइतबार खेल्ने छन् ।