कात्तिक २२, तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जनताको मन जित्न राम्रो काम गर्नुपर्ने बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका–११ मा आज आयोजित स्वागत एवं सम्मान कार्यक्रममा मन्त्री श्रेष्ठले जसले राम्रो काम गर्छ जनताले उसैलाई निर्वाचित गराउने विश्वास व्यक्त गर्नुभयो ।

dGqL >]i7åf/f tnaeQf x:tfGt/0f
bdf}nL, @@ sflQs M>d, /f]huf/ tyf ;fdflhs ;’/IffdGqL s[i0fs’df/ >]i7 tgx’Fsf] Jof; gu/kflnsf!! l:yt ldng;Ln cfdf ;d”x / 8fF8fufpF cfdf ;d”xnfO{ ? %)÷%) xhf/ ;xof]u x:tfGt/0fkZrft . dGqL >]i7n] ;f+;bdf lgjf{lrt ePb]lv g} tnaeQf ;fdflhs ;ª3;+:yfnfO{ ;xof]u ub}{ cfpg’ePsf] 5 . tl:a/ M s[i0f Gof}kfg]÷/f;;
जनताको मन जितेरै आज आफू प्रतिनिधिसभा सदस्य र मन्त्री बनेको बताउँदै श्रेष्ठले भन्नुभयो, “जनताका सामु राम्रो काम गर्नुपर्छ, जनताको मन जित्नुपर्छ, त्यसो भयो भने पाँच वर्षपछि पुनः सांसदमा निर्वाचित हुन सकिन्छ ।”
दुई आमा समूहलाई मन्त्री श्रेष्ठको तलब भत्ता
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँको दुई आमा समूहलाई तलब भत्ता बापतको रकम प्रदान गर्नुभएको छ । मन्त्री श्रेष्ठले व्यास नगरपालिका–११ स्थित मिलनशील आमा समूह र डाँडागाउँ आमा समूहलाई रु ५०/५० हजार हस्तान्तरण गर्नुभएको हो ।
आज आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले दुवै आमा समूहका अध्यक्षलाई उक्त रकम प्रदान गर्नुभएको छ । तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएदेखि नै श्रेष्ठले तलबभत्ता बापतको रकम विभिन्न सङ्घसंस्थालाई सहयोग गर्दै आउनुभएको छ । “निर्वाचनमा उम्मेदवार हुँदा नै मैले तलब भत्ता लिन्न भनेर घोषणा गरेको थिएँ, सोही घोषणा बमोजिम मैले तलब भत्ता सहयोग गर्दै आएको छु”, मन्त्री श्रेष्ठले भन्नुभयो । मन्त्री श्रेष्ठले आमा समूहका लागि थप रकम सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।