असार २४, काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावल नेता माधवकुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका छन् । रावल कार्यदलको बैठक बस्नुअघि नेपालसँग पुगेको र अहिले छलफलका गरिरहेका जनाइएको छ ।
आजै बिहान रावल र प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट कार्यदलका सदस्यसमेत रहेका अर्थमन्त्री विष्णु पौडेलबीच सिंहदरबारमा छलफल भएको थियो ।
कार्यदलको बैठक ११ बजेपछि बस्ने भनिए पनि सुरु हुन सकेको छैन ।