चैत २६, रोल्पा। रोल्पा जिल्लाको लुंग्री गाउँपालिका–७ हार्जङका वडाध्यक्ष कर्णबहादुर रोकाको भीरबाट खसेर मृत्यु भएको छ ।छिमेकी गाउँ खुङबाट हार्जङस्थित वडा कार्यालयबाट घर फर्कंदै गर्दा अध्यक्ष रोकाको खसेर मृत्यु भएको हो ।
६५ वर्षका अध्यक्ष रोका बाटोबाट खस्नेबित्तिकै कुलोको पानीमा डुब्न पुगेका थिए । उनलाई गम्भीर घाइतेको अवस्थामा उद्धार गरिए पनि मृत्यु भएको बताइएको छ । माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित उनी साविकको हार्जङ गाविसका पूर्वअध्यक्ष समेत थिए ।