असोज २७, मुगु । मुगुमा ५ लाख बरावरको अक्षय कोषको स्थापना गरिएको छ । छायानाथ रारा नगरपालिका वडा नं ५ निवासि प्रेम बहादुर रोकायकि धर्मपत्नी स्वर्गिय हिरादेवि रोकायाको नाममा ५ लाख बरावरको अक्षय कोषको स्थापना गरिएको हो । सोमवार एक कार्यक्रमका बिच मालिका आधारभुत विद्यालय सेतिबाडा लाई रु ५० हजारको चेक हस्तान्तरण गरि अक्षय कोषको सुभारम्भ गरिएको हो ।

गरिब , विपन्न तथा जेहेन्दार विद्यार्थीहरु लाई प्रोत्साहन स्वरुप छात्रवृद्धि प्रदान गर्न साथै , न्युन आयस्रोत कम भएका तथा विपन्न घर परिवारका छोरा छोरी लाई पठनपाठनमा सहज भन्ने उद्देश्यले अक्षय कोषको स्थापना गरिएको मृतक रोकायका आफन्तले जनाएका छन् ।

कार्यक्रममा बोल्दै सञ्चालक समितिका सदस्य रामभक्त रोकायाका अनुसार यो अक्षय कोषको स्थापना गर्न कुनै पनि राजनितिक तवर होईन , विगत देखिनै शिक्षा क्षेत्रमा काम गर्दे आईरहेदा हाल सम्म पनि शिक्षामा प्रभाव नहोस भनि शिक्षा प्रति माया स्नेहको सम्झना गर्दे अन्त कतै ठाउमा लगानि नगरेर शिक्षा क्षेत्रमा लगानि गर्दा उपयुक्त ठानेको रोकायाले बताए । उनले भने रकम विद्यालयको खातामा जम्मा गरिने भएको छ । विद्यालयले गरिब जेहेन्दार विद्यार्थी छनौट गरि वार्षिक रुपमा छात्रवृद्धि प्रदान गर्ने संचालक समितिको भनाई रहेको छ ।

उहाका अनुसार हाल नगरका ६ वटा माद्यमिक तथा आधारभुत विद्यालय लाई प्राथमिकतामा राखेर रु ५० हजारका दरले ५ लाख बरावरको अक्षय कोषको स्थापना गरिएको जनाईएको छ । हाल नगरका महाकालि माद्यमिक विद्यालय , कार्किबाडा स्कुल , लुम , र कर्णाली माद्यमिक विद्यालय टोप्लामा अक्षय कोषको स्थापना गरिने जानकारी दिएका छन् । मृतक रोकाया २०३२ सालमा जन्म भई २०७६ साल असोज २८ गते निधन भएको थियो ।