साउन २२, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । यसबारे निर्णय गर्न परीक्षा बोर्डको बैठक समेत बोलाइएको छ ।
कोरोना संक्रमणदर बढ्दै गएकाले रोकथाम तथा नियन्त्रणको लागि भौतिक उपस्थितीमा हुने परिक्षा स्थगित गर्न सिफारिस गरेको हो । मन्त्रालयले शुक्रबार मात्र सीसीएमसीलाई पत्र लेखेर कक्षा १२ को परीक्षा भौतिक रुपमा सञ्चालन गर्न दिइएको अनुमति पुनर्विचार गर्न आग्रह गरेको थियो ।
कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा ३१ साउनदेखि शुरु गर्ने भनिएको थियो । बोर्डले भौतिक दूरी कायम गरी एउटा कक्षामा २५ जना मात्रै विद्यार्थी राख्ने गरी तयारी थालेको थियो । सीसीएमसीले शिक्षा मन्त्रालय पत्र पठाएको छ भने मन्त्रालयले परीक्षा बोर्डलाई निर्देशन दिएको छ ।