फागुन २४ मुगु । मुगुको एउटा मात्र छायानाथ रारा नगरपालिकाले यस वर्षको अन्तर्राष्ट्रिय नारी दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । सदरमुकाम गमगढी बजारमा विभिन्न सांस्कृतिक पक्ष झल्कने गरी स्थानीय देउडा खेल खेलेर, वक्तृत्वकला, स्थानीय नाटक, निबन्ध प्रतियोगिता गरेर दिवस मनाइएको हो ।

छायानाथ रारा नगरपालिकाको आयोजनामा, जिल्ला समन्वय समितिको समन्वयमा र जिल्लामा रहेका गैर सरकारी संस्था, किर्डाक नेपाल, जि.एस.एस नेपाल, लगायत अन्य संस्थाहरुको आर्थिक सहयोगमा यस वर्षको १११ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाईएको हो । महिलाको सुरक्षा समान र रोजगार : समृद्ध नेपालको आधार’ नारासहित यस वर्षको अन्तर्राष्ट्रिय नारी दिवस मुगुमा पनि धुमधामका साथ मनाइएको छ ।

महिला दिवसको अवसरमा यसै सेरोफेरोमा रहेर देउडा खेल प्रतियोगिता गरिएको छ । प्रतियोगितामा नगरपालिकाका १ नम्वर वडा देखि १४ वडा नम्वरका महिलाहरुले सहभागि जनाएको छायानाथ रारा नगरपालिकाले जनाएको छ । ति सबै प्रतियोगि लाई समान रुपले पुरस्कार र प्रमाण पत्र वितरण गरिएको नगर प्रमुख हरिजंग शाहीले बताए । उनका अनुसार मुगु जिल्ला भन्ने बित्तिकै सास्कृतिक स्थानीय भेषभुषाले भरिपुर्ण जिल्ला भएको हुदा दिवसमा देउडा खेल प्रतियोगिता गरिएको हो शाहीले भने । दिवसमा देउडा मात्र नभएर नाटक, अन्य नृत्य पनि प्रस्तुत गरिएको थियो ।

एक सफल महिला उद्यमि सम्मानित
आज मनाईएको अन्तर्राष्ट्रिय नारी दिवसमा छायानाथ रारा नगरपालिकाले एक सफल महिला उद्यमि लाई सम्मान गरेको छ । रारा होजियारीका उद्यमि धनमाया सिंह बुढा लाई सम्मान पत्र , दोसल्ला र नगद सहित उनलाई सम्मान गरेको हो । उनले विगतका वर्ष देखिनै हाल सम्म आफ्नै हातले बुनेका सिप लाई स्थानीय स्तर हुदै अन्तराष्टिय स्तर सम्म पनि उस्तै चर्चा पाएको भन्दै उनलाई उच्च मुल्यांकन गर्दे सम्मान गरिएको नगरपालिकाले जनाएको छ । उद्यमि महिला सँगै स्नाकत्तोर गरेका ६ जना महिला पनि सम्मान गरेको हो ।

वक्तृत्वकलामा रारा प्रथम
१११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता गरिएको छ । लैगिंक विभेद भन्ने शिर्षकमा वक्तृत्वकला गरिएको छ । उक्त प्रतियोगितामा नगरका ५ वटा विद्यालयले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा श्री रारा डाईनामिक बोडिंग स्कुलकि छात्रा एलिसा चौलागाई प्रथम हुनु भएको छ । आफ्ना प्रतियोगीलाई पछि पार्दे चौलागाई प्रथम हुनु भएको हो । त्यस्तै थापा मेमोरियाल बोडिंग स्कुलकि छात्रा सुनिता कार्की द्धितीया, महाकाली नमुना माद्यमिक विद्यालयकी छात्रा जमुना बिसि तृतीया स्थानमा आउनु भएको छ भने कर्णाली मावि टोप्लाका छात्रा सुस्मा शाही सान्तवना स्थानमा आएको किर्डाक नेपाल मुगुका जिल्ला संयोजक टेक बहादुर शाहीले जानकारी दिए । उनका अनुसार प्रथम हुने लाई क्रमस: ५ हजार, ३ हजार, २ हजार र १ हजार रुपैया नगर पुस्कार प्रदान गरेको शाहीको भनाई छ । वक्तृत्वकलामा छात्रा मावि स्तरीय गरिएको हो ।

निबन्धमा रोवा प्रथम
अन्तर्राष्ट्रिय नारी दिवसमै हाम्रो समाज र सस्कृति भन्ने शिर्षकमा निबन्ध प्रतियोगिता गरिएको छ । निवन्ध प्रतियोगितामा श्री प्रभात माद्यमिक विद्यालयकि छात्रा श्रृष्टि कार्की प्रथम स्थानमा आउनु भएको छ भने कर्णाली मावि टोप्लाका छात्रा आसिका शाही दृतियामा, थापा मेमोरियल बोडिंग स्कुलका राममाया बिसि तृतीया र रारा डाईनामिक बोडिंग स्कुलका निशा बुढा सान्तवना स्थानमा आएको बताईएको छ । प्रतियोगिहरु लाई स्टेशनरीका सामान कापि, कलम, लगायत अन्य साईन्ट्री फिकल क्याल्कुलेटर सहित पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।



