फागुन २४, मोरङ । बिराटनगर महानगरपालिका-१७ मटेरुवा चोकबाट ८ ग्राम २ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने बस्तु, ३ सय ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राभेट र १ सय ४४ चक्की स्पास्मो प्रक्सिभोन सहित सोही महानगरपालिका-६ बस्ने ३९ बर्षीय विकास अग्रवाललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी चौकी मटरुवा र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त प्रहरीले प्रदेश १-०२-०४३ प ४७५७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक अग्रवाललाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।