फागुन २३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नामको बारेमा सर्वोच्च अदालतमा परेको रिटमाथि ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको छ। न्यायाधीशद्वय कुमार रेग्मी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको पक्षमा फैसला सुनाएका हुन ।
सर्वोच्चको आदेशमा भनिएको छ “नेपाल कम्युनिष्ट पार्टी संक्षिप्तमा नेकपा नाम गरेको पार्टी निर्वाचन आयोगमा पहिला दर्ता भइसकेको अवस्थामा सोही दर्ता भैसकेको पार्टीसँग नाम मिल्ने गरी नयाँ पार्टी दर्ता गरेको विपक्षीमध्येका निर्वाचन आयोगको मिति २०७५।०२।२३को निर्णय र निर्णयलाई सदर गर्ने गरी भएको मिति २०७५।०७।०९ को निर्णय फैसला राजनीतिक दल सम्बन्धि ऐन,२०७३ को दफा ६(१) (ङ) र राजनीतिक दल सम्बन्धि नियमावली, २०७४ को नियम ९मा भएको कानूनी व्यवस्था विपरीत देखिँदा उत्प्रेषणको आदेशबाट बदर गरिदिएको छ ।”
पूर्ण पाठ हेर्नका लागि यहा थिच्नुहोस