• २०८३ बैशाख ९ गते बुधवार

संसद विघटन गरेर देशलाई अस्थिरतातर्फ लैजान खोजेको : वर्षमान पुन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २३, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ पछि संसद विघटन गरेर देशलाई राजनीतिक अस्थितरतातर्फ लैजान खोजेको दाबी गरेका छन् ।

संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग पुनले प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने र त्यसलगत्तै संसद विघटन गरेर देशलाई असंवैधानिक बाटोमा लैजाने योजनामा रहेको बताए । गत वैशाखमा पनि कोरोनाको लकडाउनका बेलामा राजनीतिक दल फुटाउनका लागि अध्यादेश ल्याएको भन्दै पुनले ओलीले अहिले पनि देशलाई राजनीतिक अस्थिरतातिर लान खोजेको आरोप लगाए ।

त्यस्तै, नेता पुनले एमालेभित्रै माधव नेपाल पक्षले ओलीलाई विश्वासको मत नदिने पनि बताए । त्यस्तो अवस्थामा विश्वासको मतमा ओली असफल हुने र त्यसपछि आउने शून्यताको अवस्थामा प्रमुख प्रतिपक्षी दल नेपाली कांँग्रेससहितका दलले विकल्पको खोजी गर्ने बताए ।प्रधानमन्त्री ओलीको राजनीतिक नियतमा नै प्रश्न रहेको भन्दै पुनले कोरोना रोकथाममा काम गर्न नसकेपछि विषयान्तर गर्न विश्वासको मत लिन लागेको बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस