• २०८३ बैशाख ११ गते शुक्रवार

आजको मौसम : थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २४, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आन्शिक प्रभाव रहेको छ। जसका कारण देशको पश्चिमी पहाडी भू(भागहरुमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार मंगलबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैलाई अनुरोध गरेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस