• २०८३ असार ५ गते शुक्रवार

कोरोना कोषबाट धमाधम करोडौँ निकासा 

खर्च पारदर्शितामाथि प्रश्न, छैन अनुगमन 
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ८, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषले पटक पटक गरी विभिन्न स्थानीय तह र प्रदेशमा रहेका अस्पतालहरूलाई करोडौँ रकम निकास गरे पनि सो रकमको खर्चबारे अनुगमन हुन सकेको छैन । जसका कारण रकमको पारदर्शितामा समेत प्रश्न उठ्न थालेको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। पुष्प कँडेलको अध्यक्षतामा पछिल्लो पटक सम्पन्न कोषको १०औँ बैठकले प्रदेश सरकार र मातहतका अस्पताललाई ३० करोडभन्दा बढी निकासा गर्ने निर्णय गरेको छ भने ३९ वटा स्थानीय तहलाई ४ करोड २० लाख ३९ हजार ५ सय ५० रुपैयाँ निकासा गरेको छ ।

यसअघि पनि कोषको विभिन्न समयमा बसेको बैठकले कोरोना नियन्त्रण, उपचार तथा रोकथामका लागि प्रदेश तथा स्थानीय तहलाई १ अर्बभन्दा बढी रकम निकास गरिसकेको छ ।आजको राजधानी दैनिकबाट

Sharing

प्रतिक्रिया दिनुहोस