• २०८३ भाद्र १८ गते बिहिवार

देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध (विवरणसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ १८, काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज (बुधबार) बिहान ६ः३५ बजेसम्मको अध्यावधिक विवरण सार्वजनिक गर्दै यात्रुहरूलाई सचेत रहन र बैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ ।

काठमाडौं धादिङको चन्द्रागिरी नगरपालीका २ चिसापानी पहिरोका कारण अवरुद्ध भएको सडक खण्डमा एकतर्फी सुचारु भएको छ । बिपी राजमार्गको खुर्कोट—नेपालथोक—कटुन्जेबेँसी खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ । बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म परिस्थितिको मूल्यांकन गरेर मात्र सवारी सञ्चालन गरिने छ ।

रसुवाको उत्तरगया गाउँपालिका—५ खाल्टेमा बाढीका कारण त्रिशुली—मैलुङ्ग—स्याफ्रुबेसी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध रहेको छ । शिवपुरी गाउपालिका ८ घट्टेखोला टोखा छहरे सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ । राति १० बजे देखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको हो ।

May be an image of text

May be an image of map and text that says 'सिन्घुपाल्योक पहिरो २०८३०५१७ १८:२० मुयु डुम्रे बलेफि चौतारासाँगाचोक गढी न.पा. स्थित कर्णाली प्रदेश पहिरो २०८३/०५/१६ 92:94 अरनिकोराजमार्गा अरनिको राजमार्गमा ऐ 。;00 बजे एकतर्फी सुचारु छॉँयानाथ रारा न.पा. वडा न. नं. . 80 ताल्वा मुगु -गामगढी पुणरुपमाअबरोष अबरोष नेपाल प्रहरी सत्य सेवा सुरक्षणम'

Sharing

प्रतिक्रिया दिनुहोस