भदौ १८, काठमाडौं । सङ्घीय संसद् राष्ट्रिय सभा अन्तर्गतका तीन वटा विषयगत समितिको बैठक आज (बिहीबार) बस्दै छ। आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो।

बिहान ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल गर्ने कार्यसूची छ।
यस्तै बिहान ११:३० बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफल हुनेछ।
त्यस्तै बिहान ११ बजे नै बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भइरहेको उद्धार, राहत तथा विपद् व्यवस्थापनका विषयमा छलफल हुने संसद् सचिवालयले जनाएको छ।