• २०८३ बैशाख ९ गते बुधवार

स्रोत नखुलेको नगद सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १८, काठमाडौं । कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ बसपार्कबाट स्रोत नखुलेको २२ लाख ९१ हजार ८ सय रुपैयाँ सहित बुद्दभूमि नगरपालिका-९ धमौली बस्ने २२ वर्षीय जिवन प्रसाद भुसाललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

शंकास्पद अवस्थामा हिँडिरहेका उनलाई ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको झोला र शरीरबाट १ हजार दर, ५ सय दर, १ सय दरका गरी उक्त नगद फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल रुपन्दहेहीमा पठाइएको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।

ईलाम, सूर्योदय नगरपालिका-६ हर्कटे चोकबाट स्रोत नखुलेको ११ लाख रुपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-१० फिक्कल बस्ने ३५ वर्षीय अनुप अग्रवाल र सोही नगरपालिका-८ बस्ने ५१ वर्षीय कर्ण कठायत रहेका छन् ।

फिक्कलबाट झापातर्फ जाँदै गरेको मे.१ च ६४२४ नम्बरको कारलाई प्रहरी चौकी हर्कटेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कारमा सवार उनको साथबाट उक्त नगद फेला पारी कार चालक कर्ण र कारमा सवार अनुपलाई पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक कारवाहीको लागि राजस्ब अनुसन्धान कार्यालय इटहरी पठाइनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस