• २०८३ मङ्सिर २ गते मङ्गलवार

बाँकेमा एसपी अधिकारी आएदेखि बिना काम रातिमा हिन्नेहरु पक्राउ

महेन्द्र सिंह पढ्न लाग्ने समय : १ मिनेट

असार २०, बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले रातीमा बिना काम अनावश्यक हिड्नेलाई नियन्त्रणमा लिन थालेको छ ।
बाँके प्रहरीका प्रवक्ता मधुसुदन न्यौपानेका अनुसार, गएराती २२ जनालाई नियन्त्रणमा लिइएको छ ।जिल्लामा चोरीका घटना बढेकाले रातीमा अनावश्यक हिड्नेलाई नियन्त्रणमा लिने अभियान थालेको प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो । ‘रातीमा अनावश्यक हिड्नेलाई नियन्त्रणमा लिने र सोधपुछ गर्ने अभियान थालेका छौं, प्रवक्ता न्यौपानेले भन्नुभयो, जरुरी काम नै परेका व्यक्तिलाई केही गर्दैनौ । अनावश्यक हिडेका छन् भने उनीहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गर्छौ ।’

नेपालगञ्जमा लागु औषधी र चोरीका घटना बढी छन् । प्रहरीको बुझाईमा काम नपरी आधा रातमा हिड्नेहरु सही हुँदैनन् । प्रहरीले एक रात नियन्त्रणमा राखेका २२ जनालाई सोधपुछ गरेर छोड्ने प्रक्रिया अघि बढाएको छ । तीमध्येमा तीन जनालाई विद्युत कार्यालयमा केही समस्या रहेकाले उता पठाइएको प्रवक्ता न्यौपानेले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस