• २०८१ बैशाख ६ गते बिहिवार

यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २१, मोरङ । पच्चीस वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको अभियोगमा बुढीगंगा गाउँपालिका-२ बस्ने २४ वर्षीया सरोज कुमार साहलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ती महिलालाई साहले पटक-पटक यौन दुर्व्यवहार गरी कुटपिट समेत गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस