• २०८३ जेष्ठ ६ गते बुधवार

“जनतालाई दुःख दिएर आफू गाडीबाट तमासा हेर्ने मिल्छ ?” : प्रधानमन्त्री ओली

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

माघ २२, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई दुःख दिएर प्रचण्ड र माधव नेपाल गाडीमा सयर गर्दै तमासा हेरेको आरोप लगाएका छन् ।आज काठमाडौँमा किसान महासंघले गरेको कार्यक्रममा बोल्दै प्रम ओलीले कृषकले दुःख गरेर फलाएको तरकारी सडकमा फ्याकेको भन्दै प्रचण्ड-माधव समूहको आलोचना गरेका हुन ।

उनले भने, ‘बुढी आमाले डोकामा बोकेको टमाटर सडकभरि फ्याकेर उहाँहरुले क्रान्तिकारिता देखाउनुभो । अरुका गाडी जलाउनुभो । अनि जनताले कति दुःख पाए हँ भनेर आफू गाडीमा तमासा हेर्न निस्किनु भो ।’ प्रम ओलीले प्रचण्ड-माधव समूहसँग कार्यकर्ता सिद्धिएको बताउदै उनले भने, ‘कार्यकर्ता जति यता छन्, कहाँबाट उता होस रु गाडी रोक को उभिएको भनेर यसो हेर्दा त प्रचण्ड । कहाँ भन्दा फेरि सातदोबाटो । ठाउँमा पनि छानेकै हो । कार्यकर्ता सिद्धिएछन् उहाँहरुका । आफैं ‘हामी यहाँ छौं’ भन्दै यता टाँसो, उता टाँसो । हामी यहाँ छौं भन्ने त उहाँहरुको ब्रान्ड नै भयो । जसले हामी यहाँ छौं भनेर टाँसेका छन् त्यत्ति हुन् उहाँहरूका कार्यकर्ता ।’

प्रधानमन्त्री ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्%4लाई कानुनको पालना गर्न आग्रह समेत गरेका छन् । उनले भने, “उहाँहरु आक्रामक ढंगले आउँनुहुन्छ । नियम कानुन तोड्नु हुन्छ । धाकधक्कु लगाउन खोज्नुहुन्छ । अनि प्रमुख जिल्ला अधिकारी, एसपी, डीएसपी, इन्सपेक्टर, सिडियोलाई हप्कीदप्की गर्नुहुन्छ । कानुनको पालना गर्न सिक्नुस् हप्कीदप्की गर्ने होइन,” “प्रचण्डलाई म सम्झाउन चाहन्छु ती दिन गए । जतिबेला तपाईँ संविधान, कानुन मान्दिन भनेर उपद्रो मच्चाएर हिँडनुभएको थियो । त्यो जमाना गयो । कानुनको पालना गरेर चल्नुस् ।”

Sharing

प्रतिक्रिया दिनुहोस